तपाईँ सुन्दै हुनुहुन्छः

‘मुलुकको आर्थिक गतिविधि क्रमशः विस्तार हुँदै’

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खोपको उपलब्धता बढ्दै, संक्रमण दर घट्दै गएपछि मुलुकको आर्थिक गतिविधि क्रमशः विस्तार हुन थालेको औँल्याएको छ । 

राष्ट्र बैङ्कले मौद्रिक नीति–२०७८–७९को पहिलो त्रैमासिक समीक्षा प्रतिवेदनमा बाह्य क्षेत्र व्यवस्थापनमा दबाब पर्दै गएको भए तापनि समष्टिगत आर्थिक स्थायित्व कायम रहेको उल्लेख गरेको छ । 

File Photo

मङ्सिर २०७७ मा समग्र औसत उत्पादन–कारोबार ५०.५ प्रतिशत रहेकोमा कात्तिक २०७८ मा ७४.७ प्रतिशत पुगेको र होटेल तथा रेस्टुरेन्ट क्षेत्रका क्रियाकलापको पुन सञ्चालनको गति भने अन्य क्षेत्रहरूको तुलनामा न्यून देखिएको समीक्षा प्रतिवेदनले उल्लेख गरेको छ । 

समीक्षा प्रतिवेदनले गैर आवासीय नेपालीहरूलाई विदेशी मुद्रामा बैङ्क खाता खोल्न दिने व्यवस्था गर्नु साथै चाँदीको आयातमा पनि कडाइ गरेको छ ।

आर्थिक वर्ष २०७८–७९ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो तीन महिनामा औसत उपभोक्ता मुद्रास्फीति ४.०३ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा चालु खाता १५१ अर्ब ७० करोड र शोधनान्तर स्थिति  ७६ अर्ब १४ करोड घाटामा रहेको राष्ट्र बैङ्कले जनाएको छ । 

२०७८ असोज मसान्तमा ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको र चालु आर्थिक वर्षको ३ महिनामा सङ्घीय सरकारको कुल खर्च २३४अर्ब ५२ करोड र राजस्व सङ्कलन २५५ अर्ब ४ करोड रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ महामारीको असर क्रमिक रुपमा कम हुँदै गएको, खोपको उपलब्धता बढ्दै गएको, वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तथा विदेशी पर्यटकको आगमन समेत बढ्न थालेको, विद्युत् निर्यात शुरु हुनुको साथै मौद्रिक तथा वित्तीय नीतिगत सहजीकरण कायमै रहेकोले आर्थिक पुनरुत्थानले गति लिने देखिएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button