प्रधानमन्त्री देउवा चितवनमा

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आउनुभएको हो ।
नेपाली काँग्रेसका सभापति समेत रहनुभएका देउवा केही बेरअघि मात्र हेलिकोप्टरबाट यहाँ आइपुग्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण हुनुभएको हो । केही बेरमा उहाँ कार्यक्रम स्थल नारायणी नदी किनारमा पुग्नुहुनेछ ।
महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उहाँ फर्कनुहुने छ । महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि यहाँ आउनुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरूले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्