अदालतको विवाद चाँडै समाधान हुन्छ: अध्यक्ष नेपाल
जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अदालत भित्रको विवाद समाधान गर्नका लागि दलहरूका बिचमा छलफल शुरु भएकोले चाँडै समाधान हुने बताउनुभएको छ ।
अध्यक्ष नेपालले जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्रीलाई समस्याको निकास निकाल्न आफूहरूले आग्रह गरेको बताउनुभयो ।
उहाँले अब अदालतको समस्या धेरै दिनसम्म लम्बिन नहुने पक्षमा दलहरू भएको बताउनुभयो ।
अहिलेको विवादले न्यायालयको गरिमामा असर पारिरहेको बताउँदै अध्यक्ष नेपालले वार्ता तथा संवादबाट समस्याको समाधान हुनुपर्ने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्