आर्मी र पुलिस बिचको खेल बराबरीमा सम्पन्न
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्वी भिडन्तको खेल बराबरीमा सकिएको छ । त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा पुलिसले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । पुलिसका सन्तोष हेमरुनले गोल गर्दा आर्मीका वैकल्पिक मिडफिल्डर विवेक बस्नेतले बराबरी गोल फर्काए । बराबरीपछि दुवै टोलीको समान १ अङ्क भएको छ ।
दोस्रो खेलमा फरवार्ड सुनिल बलको दुई गोल मद्दतमा अघिल्लो सिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले लिगमा विजयी सुरुआत गरेको छ ।
मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) लाई २–१ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो । एनआरटीका एरिक विष्टले गोल गरे पनि हार टार्न सकेन । जितसँगै मच्छिन्द्रले ३ अङ्क जोडेको छ । पराजित एनआरटी अङ्कविहीन बन्यो ।








प्रतिक्रिया राख्नुहोस्