तपाईँ सुन्दै हुनुहुन्छः

अवैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालिका वडा नम्बर ४ मा भारतबाट भन्सार चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको हो।३२ हजार ५ सय मूल्य बराबरको सय किलो चरीको बिउ र २ सय ५० किलो चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बरामद गरिएको सामान आवश्यक कानुनी कामकारबाही लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button