तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीको वडा अधिवेशन : तनहुँका ८५ वडामा नयाँ नेतृत्व चयन

तनहुँ । नेकपा माओवादी केन्द्र तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । 

शनिबार देशभर एकसाथ वडा अधिवेशन गरेको माओवादी केन्द्रले तनहुँका १० स्थानीय तहका ८५ वटै वडामा नयाँ नेतृत्व चयन गरेको हो ।

जिल्लाको बन्दिपुर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा अमृत शाही, वडा नम्बर २ को अध्यक्षमा सुशील कुँवर, वडा नम्बर ३ को अध्यक्षमा श्याम नेपाली, वडा नम्बर ४ को अध्यक्षमा महावीर आले, वडा नम्बर ५ को अध्यक्षमा छविलाल घिमिरे र वडा नम्बर ६ को अध्यक्षमा ज्ञानेन्द्र गुरुङ चयन हुनुभएको छ । सबै वडामा २९ सदस्यीय कमिटी चयन गरिएको छ । 

त्यसै गरी, शुक्लागण्डकी नगर कमिटीका १२ वटै वडामा नयाँ नेतृत्व चयन भएको शुक्लागण्डकी नगर कमिटी सचिव मनराज गुरुङले जानकारी दिनुभयो  । 

वडा नम्बर १ को अध्यक्षमा धर्म नेपाली, वडा नम्बर २ को अध्यक्षमा शङ्कर पन्त, ३ को अध्यक्षमा दीपक सापकोटा, ४ को अध्यक्षमा ओमकुमार श्रेष्ठ, ५ को अध्यक्षमा मित्रबन्धु पौडेल, ६ को अध्यक्षमा पदमराज बराल, ७ को अध्यक्षमा मोतीराज गुरुङ, ८ को अध्यक्षमा चिरञ्जीवी सिग्देल, ९ को अध्यक्षमा पोसबहादुर विक, १० को अध्यक्षमा राजेन्द्र क्षेत्री भट्टराई, ११ को अध्यक्षमा नारायण सिग्देल र १२ को अध्यक्षमा पूर्णप्रसाद गुरुङ चयन हुनुभएको छ ।

घिरिङ गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गोविन्द सुनार, वडा नम्बर २ को अध्यक्षमा नहलसिं विक, वडा नम्बर ३ को अध्यक्षमा कृष्णराज राना, वडा नम्बर ४ को अध्यक्षमा जनक राना, वडा नम्बर ५ को अध्यक्षमा बमबहादुर विक चयन हुनुभएको माओवादी गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले जानकारी दिनुभयो ।

त्यस्तै, आँबुखैरनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा विष्णु अधिकारी, वडा नम्बर २ को अध्यक्षमा वासुदेव थापा, वडा नम्बर ३ को अध्यक्षमा विमलबाबु राना, वडा नम्बर ४ को अध्यक्षमा नेत्र मगर चयन हुनुभएको छ ।

यस्तै, ऋषिङ वडा नं. १ को अध्यक्षमा कृष्ण आले, ऋषिङ वडा नं.४ को अध्यक्षमा जीत बहादुर बिक, ऋषिङ वडा नं. ६ को अध्यक्षको छविलाल आले चयन हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button