तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा माओवादी वडा अधिवेशन सम्पन्न

कास्की। यहाँका स्थानीय तहका वडामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएका छन् । पोखरा महानगरपालिका सहित अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाका ७२ वडा मध्ये अधिकांशमा शनिबार अधिवेशन गरिएको सो पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभएपनि अन्य सबैमा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।उहाँले भन्नुभयो,“पार्टी केन्द्रको निर्धारित कार्यतालिका अनुसार नै जिल्लाका स्थानीय तहका वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएका छन् । केहीमा बाहेक अन्यमा नेतृत्व समेत चुनिएको छ । ”

प्रतिक्रिया राख्नुहोस्

Back to top button