तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेसको १४औँ महाधिवेशन: तनहुँका ४ प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

तनहुँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । तीन वटा प्रदेशसभा क्षेत्रमा निर्वाचनबाट र एउटा प्रदेशसभा क्षेत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । तनहुँ क्षेत्र नम्बर १ (क), (ख), तनहुँ क्षेत्र नम्बर २ (क) मा निर्वाचन भएको हो भने तनहुँ क्षेत्र नम्बर २ (ख) मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित हुनुभएको छ । शनिबार बिहान सम्पन्न मतगणनाअनुसार २९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले २१६ मत प्राप्त गर्नुभयो ।
यसै गरी उपसभापतिमा बलबहादुर पोखरेल, राजु खड्का, सचिवमा ईश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मिनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

प्रदेश प्रतिनिधिमा कमल पण्डित, चिरञ्जीवी अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, बाबुराम बगाले, सुरेश थापा, हरिदत्त पौडेल, एजिला ढकाल, कान्छीमाया तामाङ, तीर्थमाया पौडेल, ओजराज पौडेल, विद्या जिसी, अमर गुरुङ, मनिलाल श्रेष्ठ, केशकुमारी राना मगर र बुद्धकुमार परियार विजयी हुनुभएको छ ।

यस्तै तनहुँ क्षेत्र नम्बर १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले २२० मत प्राप्त गरी श्रेष्ठ सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी राजेन्द्र पियाँले १५४ मत प्राप्त गर्नुभयो ।उपसभापतिमा बाबुराम श्रेष्ठ २२५ मत र राधादेवी खनाल १९० मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवमा लक्ष्मीकान्त मिश्र १९६ मत र हरिशरण खनाल १८४ मत प्राप्त गरी विजयी हुनुभएको छ । सहसचिवमा गोपाल थापा २२४ मत र राजु पौडेल १८२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रदेश प्रतिनिधिमा पवित्रा गौली, विद्या खनाल, शान्ता बास्तोला, कर्णबहादुर गुरुङ, निमबहादुर मगर, प्रेमबहादुर गुरुङ, सुवास अधिकारी, मदन पण्डित, तुलक कैनी, गिरबहादुर थापा, महेश भट्टराई, पन्चमाया गुरुङ, विमला थापा, तम बहादुर दरै, बिपीन गुरुङ, अमृत नेपाली र चित्तबहादुर थापा विजयी हुनुभएको छ ।

तनहुँ २ (क) को सभापतिमा जितराज राना विजयी हुनुभएको छ । रानाले २३८ मत प्राप्त गरे भने प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत प्राप्त गर्नुभएको छ। उपसभापतिमा पशुपति क्षेत्री (२२९) र रेशमलाल पौडेल (२४६) विजयी हुनुभएको छ । सचिवमा राजेशकुमार श्रेष्ठ (२४४) र हरि भण्डारी (२२४) विजयी हुनुभएको छ । सहसचिवमा केशबहादुर थापा (२३६) र मुक्तिप्रसाद सापकोटा (२२६) विजयी हुनुभएको छ ।

प्रदेश प्रतिनिधिमा तुलबहादुर गुरुङ, रविचन्द्र पौडेल, लोकेन्द्र थापा, श्रीबहादुर थापा, शिवबहादुर आले, शिवशरण वाग्ले र समुन्द्रराम श्रेष्ठ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसै गरी बासना श्रेष्ठ, बिना खनाल र सुलोचना गौतम मत प्राप्त गरी विजयी हुनुभयो । यसै गरी जक्तराज वाग्ले, निशादेवी पौडेल अन्जनकमार श्रेष्ठ, हीरालाल गरुङ, सीता कुमाल, डोलबहादुर सुनार निर पुनः गरी विजयी हुनुभएको छ ।

तनहुँ क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित हुनुभएको छ । दुई उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा सुशील कुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसै गरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुविर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मीरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button