पाल्पाको चार वटै प्रदेशसभा क्षेत्रमा पौडेल पक्ष निर्वाचित

पाल्पा।नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत पाल्पाका ४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा रामचन्द्र पौडेल निकट पक्ष निर्वाचित भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार पराजित भएका छन्। पाल्पाका ४ वटा प्रदेशसभा क्षेत्रमा क्षेत्र नं १ क मा मात्र निर्विरोध रुपमा प्रतिनिधि चयन भए भने अन्य ३ वटा प्रदेशसभामा समूहगत रूपमै चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छानिएका छन्। कांग्रेस नेता तथा कार्यकर्ता पौडेल र देउवा दुई समूह बनाएर नै निर्वाचनमा होमिएका थिए ।
पौडेल पक्षलाई जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका मन्त्री वीर बहादुर रानाको समर्थन रहेको थियो भने देउवा पक्षलाई पूर्व संसद् तथा केन्द्रिय सदस्य हरिप्रसाद नेपाल र पूर्व जिल्ला सभापति राजनप्रसाद पन्तको समर्थन रहेको थियो ।क्षेत्र नं. १ प्रदेशसभा क को सभापतिमा रामबहादुर राना निर्विरोध भए । पाल्पा १ ख को महाधिवेशनबाट सभापतिमा युवराज पौडेल निर्वाचित भएका छन्।
सभापतिमा निर्वाचित पौडेलले १६५ मत पाएका थिए भने प्रतिद्वन्द्वी कृष्ण भट्टराईले ७२ मत पाएका थिए। त्यस्तै क्षेत्र नं. २ क प्रदेशसभा सभापतिमा लक्ष्मीप्रसाद अधिकारी २६३ मत ल्याइ विजयी भएका छन् भने प्रतिद्वन्द्वीमा राधेश्याम ज्ञवालीले ९८ मत मात्र ल्याएका थिए। क्षेत्र नं २ ख प्रदेश सभा सभापतिमा रुकमागत भट्टराई निर्वाचित भएका छन्। निर्वाचनमा विजयी भएका भट्टराईले २०३ मत र उनका प्रतिद्वन्द्वी दम्म बहादुर कार्कीले ११० मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्