तपाईँ सुन्दै हुनुहुन्छः

ठूला विकासका पूर्वाधार निर्माणमा विश्वका लगानीकर्ताको चासो

काठमाडौँ । दुबईमा जारी विश्व प्रदर्शनी २०२० मा रहेको नेपालको कक्षमा विश्वका लगानीकर्ताहरूले नेपालको पर्यटन, जलविद्युत, कृषि, वन, खानी तथा ठूला विकास पूर्वाधार निर्माणका विषयमा चासो देखाएका छन् ।

अक्टोबर १ तारिखबाट शुरु भई आगामी ३१ मार्च २०२२ सम्म चल्ने मेलामा नेपालले झन्डै साढे दुई सय वर्ग मिटरमा नेपाल पेभिलियन निर्माण गरेको छ । नेपाल पेभिलियनको भ्रमणको क्रममा विश्वका लागनीकर्ताहरुले नेपालमा लगानीका लागि चासो देखाएका हुन ।

मङ्सिर ३ गतेसम्ममा नेपाली पेभिलियनमा २ लाख ५० हजार भन्दा बढीले भ्रमण गरी विभिन्न विषयमा चासो राखेको मेलामा नेपालको पेभिलियनको व्यवस्थापन गरेको इम्पिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजि)ले जनाएको छ ।  

विश्व प्रदर्शनी मेलामा विश्वका एक सय ९२ देशहरू र संयुक्त राष्ट्र सङ्घसहित विभिन्न २४ वटा अन्तर्राष्ट्रिय सङ्घ, संस्था तथा सङ्गठनहरूको सहभागिता रहेको छ । 

प्रदर्शनीलाई अहिले सम्मकै संसारकै सबैभन्दा ठूलो प्रदर्शनी भएको दाबी आयोजकहरूले गरेका छन् । यो प्रदर्शनी स्थल ६ वर्ग किलोमिटरमा फैलिएको छ । 

सहभागी सबै देशको आआफ्नै प्रदर्शनी स्थल(पेभिलियन)राखेर आआफ्नै  मेला कितामा आधारित भएर सजावट गरेका छन् ।

नेपालको पबेलियनमा धेरै मानिसको आकर्षण देखिएको छ । नेपाली पेभिलियनमा सगरमाथा, पशुपति, लुम्बिनी, गोरखा दरबार, नेपालको मौलिक झन्डा, जीवित देवीको रुपमा पुजिने कुमारी आकर्षणको केन्द्र बनेका छन् । 

त्यसैगरी वीर गोर्खालीहरूको वीरताको गाथा बोकेका चित्र र नेपाली हस्तकला सामाग्रीले आगन्तुकलाई लोभ्याउने गरेको छ । नेपाल पबेलियनमा पर्यटकको अत्यधिक भीड देखिन थालेको छ । 

No description available.

अन्य दिन दुई हजारदेखि २५ सयसम्मले अवलोकन गर्ने नेपाली पबेलियन शुक्रवार भने १० देखि १५ हजारले हेर्ने गरेको नेपाली पेभिलियनका अन्तर्राष्ट्रिय निर्देशक तथा होटेल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो ।

नेपाली पेभिलियनको भ्रमणको क्रममा नेपालको पर्यटन तथा लगानीको सम्भावनाका रुपमा रहेको हाइड्रोपावर, कृषि, वन, खानीमा क्षेत्रका विषयमा बढी चासो राख्ने गरेको र चासो राख्नेहरूलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने गरिएको शाहले बताउनुभयो । 

No description available.

पूर्व र पश्चिमा देशहरूलाई जोडेर जसरी दुबईले आर्थिक उन्नति गरेको छ त्यस्तै कनेक्टिभिटीको माध्यमबाट उदीयमान अर्थतन्त्र भएका मुलुकहरू भारत र चीनलाई आर्थिक रूपले जोडने, नेपालमा लगानीको माध्यबाट यहाँको सम्भावनालाई उजागर गरेर विश्व अर्थतन्त्रलाई नेपालले पनि योगदान गर्न सक्छ भन्ने सन्देश दिन नेपालले दिन खोजेको छ ।

नेपालीहरूले श्रमको लागि दुबई निक्कै रुचाइएको मुलुक हो । नेपालबाट करिब पाँच लाख मानिस दुबई वरपर रहेको र मेलामा पनि उनीहरूको उल्लेख्य रुपमा उपस्थिति हुने गरेको छ ।

No description available.

दुबईमा काम गर्ने नेपालीहरू यति बेला नेपाल र नेपाली पेभिलियनको प्रचार प्रसारमा जुटेर विभिन्न नाचगान, कलाकौशल प्रदर्शनीको माध्यमबाट दुबई लगायत संसारभरिकै मानिसहरूलाई नेपालमा देखिएका सम्भावनाहरूका बारेमा जानकारी दिने गरेका छन् । 

वर्ल्ड एक्सपो हरेक पाँच पाँच वर्षमा हुने गर्छ । ब्युरो इन्टरनेशनल एक्सपोजिसन (बिआइइ) ले उक्त प्रदर्शनीको आयोजना गर्छ । फ्रान्सको पेरिस सहरमा बिआइइको मुख्य कार्यालय छ । नेपाल पनि त्यसको सदस्य छ । त्यसमा एक सय ७९ देशहरू सदस्य रहेका छन् ।

No description available.

बिआइइले प्रतिस्पर्धाको आधारमा कुन विषयमा कुन देशको कुन सहरमा विश्व प्रदर्शनी गर्ने भन्ने निर्णय गर्छ । यो  प्रदर्शनी सन् २०२० मै हुनुपर्ने थियो । तर उक्त वर्ष कोभिडले विश्व नै आक्रान्त भएको कारण प्रदर्शनी अहिले भएको हो । ‘कनेक्टिभिटी’ भन्ने मूल नाराको साथ प्रदर्शनी चलिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button