तपाईँ सुन्दै हुनुहुन्छः

कमलविनायक–नगरकोट सडक छिटो सम्पन्न गर्ने विषयमा छलफल

भक्तपुर । भौतिक यातायात तथा पूर्वाधार मन्त्री रेणुकुमारी यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलबीच कमलविनायक–नगरकोट सडक खण्ड छिटो सम्पन्न गर्ने विषयमा छलफल भएको छ ।

काठमाडौँमा भएको भेटमा तोकिएको समयमा निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न  निर्देशन दिने विषयमा दुई मन्त्रीबीच गहन छलफल भएको भौतिक पूर्वाधार विकास मन्त्री भँडेलका प्रमुख स्वकीय सचिव समुद्र थापाले जानकारी दिनुभयो । 

तोकिएको समयसीमा भित्र काम सम्पन्न नगरे ठेक्का रद्द गर्ने विषयमा समेत छलफल भएको थापाले जानकारी दिनुभयो ।

भेटवार्तामा भौतिक यातायात तथा पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, निर्माण व्यवसायी महासङ्घका पूर्व महासचिव रामशरण देउजाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button