अर्थतन्त्रको विकासका लागि प्रगतिशील कर प्रणाली लागु गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि कर प्रणालीमा सुधार गरी प्रगतिशील कर प्रणाली लागु गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौँमा सुरु भएको राजस्व प्रशासन सम्बन्धी अधिकृत स्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्नुहुँदै अर्थ मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्रको आधार तयार पार्न आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने बताउनुभयो ।
अर्थमन्त्री शर्माले संविधानले नै समाजवादको परिकल्पना गरेको हुनाले त्यसमा स्पष्ट भई परम्परागत कार्यसम्पादन प्रणाली परिमार्जन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

कर बुझाउनलाई सरकारले ताकेता गरिरहनुपर्ने अवस्थामा परिवर्तन गरी कर बुझाउन स्वयम् व्यक्ति आउने वातावरण निर्माण हुनुपर्नेमा जोड दिनुहुँदै अर्थमन्त्री शर्माले प्रविधिको प्रयोगबाट राजस्व प्रणालीलाई सेवाग्राही मैत्री बनाउनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्