तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको १४औँ महाधिवेशन : कैलालीका १ सय २५ वडामा अधिवेशन सम्पन्न

धनगढी  । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कैलालीमा १ सय २५ वडामा अधिवेशन सम्पन्न भएको छ । 

काँग्रेसको कैलालीका १३ वटै पालिकामा  शनिवार वडा अधिवेशन सुरु भएको थियो । 

नेपाली काँग्रेस कैलाली प्रचार–प्रसार समितिका अनुसार जिल्लाभरका १ सय २६ वडा मध्य झन्डै ८ दर्जन वडामा नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । 

त्यसबाहेक अन्य वडामा निर्वाचनमार्फत वडा कार्य समिति चुनिएको छ ।गोदावरी नगरपालिका ६ मा भने वडा अधिवेशन स्थगित भएको छ ।

समितिका संयोजक नृप सुनारले वडा कार्य समिति चयन भइसकेका केही वडामा क्षेत्रिय प्रतिनिधिको मत परिणाम आउन बाँकी रहेको जानकारी दिनुभयो । काँग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति चयन हुने व्यवस्था रहेको छ । त्यसरी चयन भएका वडा सभापति र क्षेत्रिय प्रतिनिधीहरुले पालिका कार्य समिति, जिल्ला कार्य समिति, प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने काँग्रेसले जनाएको छ ।

यसैबिच, काँग्रेस महासमिति सदस्य आनन्दराज जोशी, गोदावरी नगरपालिकाका सभापति हेमप्रकाश उप्रेती वडामै पराजित हुनुभएको छ । 

जोशी धनगढी उपमहानगरपालिका १ र उप्रेती गोदावरी नगरपालिका १ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button