तपाईँ सुन्दै हुनुहुन्छः

दीर्घ रोगीहरूको लागि कोभिड–१९ विरुद्धको खोप लगाइँदै

काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेल अस्पतालमा कोभिड–१९ विरुद्धको खोप नलगाएका र कोभिड–१९ को जोखिममा रहेका १२ बर्ष माथिका दीर्घ रोग भएका व्यक्तिहरूलाई फाइजर वायोएनटेक खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले कोभिड–१९ को खोप सम्बन्धित जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार मिति २०७८/०७/२८ गते देखि धुलिखेल अस्पतालमा मुटुको बिरामी भई अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका बिरामीहरू, मिर्गौलाको समस्या भई मिर्गौला फेरेका डाईलाईसिस गराइरहेका औषधी सेवन गरिरहेका बिरामीहरू, जुनसुकै प्रकारका क्यान्सरको पहिचान भई उपचारमा रहेका बिरामीहरू, फोक्सोको समस्या भई चिकित्सकको पुर्जा बमोजिम औषधी सेवन गरिरहेका बिरामीहरू, अङ्ग प्रत्यारोपण गरेका बिरामीहरू, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामीहरू, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका बिरामीहरू तथा मस्तिष्क र मस्तिष्कका रत्तनली सम्बन्धी रोग जस्तै पक्षघात एन्युरिजम, रक्त नलीमा भएका विकृति आदी भएका बिरामीहरूलाई धुलिखेल अस्पतालमा बिहान १० बजे देखि ४ बजे सम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्दै खोप लगाइने  स्वास्थ्य कार्यालयले जनाएको छ ।

अस्पतालमा खोप लिन आउँदा उमेर खुल्ने आधिकारिक प्रमाणपत्रको साथै चिकित्सकले जारी गरेको दीर्घ रोगी भएको पुर्जा लिई आउनुहुन  जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button