तपाईँ सुन्दै हुनुहुन्छः

मृतक १२ जनाकै सनाखत


सल्यान । सल्यानमा भएको बस दुर्घटना ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ । आइतबार सल्यान खलङ्गाबाट दाङ तुलसीपुर जाँदै गरेको २५५२ न. को बस कपुरकोट गाउँपालिका –५ खारखोलामा दुर्घटना भएको थियो । 

सनाखत हुनेमा दाङ शान्तिनगर गाउँपालिका – ६ कोरवाङका ५ वर्षीय सुरज ओली, दाङ घोराही उपमहानगरपालिका १० की ३६ वर्षीया रुपा केसी, सल्यान त्रिवेणी गाउँपालिका – ४ की ९ वर्षीया सरिता बोहरा रहेका छन् । 

यस्तै सल्यान शारदा नगरपालिका –१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका ६– बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका –२ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका– ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका –१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका – ४ की ६० वर्षीया डुलि रेउले छन् । 

यसैगरी दुर्घटनामा दाङ बबई गाउँपालिका – ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी – ६५ वर्षीया ईन्द्रा अधिकारी सल्यानको छत्रेश्वरी गाउँपालिका –२ का २९ वर्षीय तिलक ओली र  दाङ शान्तिनगर गाउँपालिका –८ की ३५ वर्षीया सावित्रा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए । 

तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको प्रहरीको भनाई छ । बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरी प्रमुख थापाको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button