तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीले पहिचानको मुद्दा छाडेको छैन: अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको स्पष्ट पार्नुभएको छ ।   

नेपाल संवत् ११४२ का अवसरमा आज नेवा: मुक्ति मोर्चाले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानसभामा पहिचानको सम्बन्धमा १२ बुँदे भिन्न मत राखिएको समेत बताउनुभयो ।

मुलुक र जनतालाई अधिकार सम्पन्न बनाएको देशी विदेशी प्रतिक्रियावादीलाई पटक्कै मन नपरेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले ती शक्ति अहिले माओवादीलाई कमजोर बनाउन लागिपरेको बताउनुभयो ।

उहाँले पार्टीले जिम्मेवारी लिएको मन्त्रालयका तर्फबाट जनतालाई राहत दिइएको र जनताका समस्या समाधानका लागि पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button