तपाईँ सुन्दै हुनुहुन्छः

दीपावलीको मुखैमा आगलागी, घर जलेर नष्ट

अछाम । अछामको चौरपाटी गाउँपालिका–६ को एक घरमा तिहारको मुखमै आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । 

आज बिहान वडा नम्बर ६ दुनिका झुसे साउदको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको हो । 

आगलागीबाट साउदको घरमा रहेका सम्पूर्ण खाद्यान्न सामग्री, लत्ताकपडा, नगद र दुई तोला सुन लगायतका सामग्री जल्दा करिब ४ लाख बराबरको क्षति भएको प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक पदमराज जोशीले जानकारी दिनुभयो ।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घर जलेर नष्ट भएपछि साउद परिवार घरबार विहीन भएको छ ।

घर जलेर नष्ट भएको खबर पाएपछि चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले घटनास्थल पुगेर तत्काल राहतका लागि गाउँ कार्यपालिकाको कार्यविधि अनुसार राहतको व्यवस्था गर्ने बताउनुभएको छ ।

यसैवीच आगलागी पीडित साउदको परिवारलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अछामका जिल्ला कमिटी सदस्य जीवन विक्रम साउदले खाद्यान्न, भाँडाकुँडा र त्रिपाल सहयोग गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button