तपाईँ सुन्दै हुनुहुन्छः

सांस्कृतिक परम्पराले आर्थिक समृद्धिमा सघाउ पुर्‍याउँछ : मुख्यमन्त्री शाही

कर्णाली । मुख्यमन्त्री जीवनबहादुर शाहीले तिहारले समाजमा शान्ति एवं स्थायित्व कायम गर्दै कर्णालीमा आर्थिक समृद्धिको ढोका खोल्दै देश निर्माणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

तिहार पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री शाहीले कोभिड– १९ को सङ्क्रमण कायमै रहेकाले सुरक्षित तवरले तिहार मनाउन सबैमा अपिल गर्नुभयो । उहाँले कर्णाली प्रदेश एवं स्वदेश तथा विदेशमा रहनुभएका सबैलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत व्यक्त गर्नुभएको जारी शुभकामना सन्देशमा उल्लेख छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button