तपाईँ सुन्दै हुनुहुन्छः

भालुको आक्रमणबाट महिला गम्भीर घाइते

अछाम । अछाममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारका देव बहादुर भण्डारीको श्रीमती २२ वर्षीया निर्मला भण्डारी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी हुन् ।

आज बिहीबार बिहान सुतारको छेडढुंगामा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरी  गम्भीर घाइते बनाएको वडा अध्यक्ष खडक बहादुर भण्डारीले बताउनु भयो ।

उहाँको वयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button