तपाईँ सुन्दै हुनुहुन्छः

कृषि विकास बैङ्कको सञ्चालक समितिको सदस्यमा प्रकाश कुमार सञ्जेल नियुक्त

काठमाडौँ । कृषि विकास बैङ्कको सञ्चालक समितिको सदस्यमा प्रकाश कुमार सञ्जेल नियुक्त हुनु भएको छ ।

नेपाल सरकार (सम्माननीय प्रधानमन्त्री एवं मन्त्रीस्तरीय) निर्णयअनुसार कृषि विकास बैङ्क लि. को सञ्चालक समितिको सदस्यमा प्रकाश कुमार सञ्जेल मनोनयन हुनु भएको बैङ्कले जनाएको छ । 

सरकारी सेवाको लामो अनुभव हुनु भएका सञ्जेल साथै हाल कृषि तथा पशुपक्षी विकास मन्त्रालयको योजना महाशाखाको प्रमुख पदमा कार्यरत हुनुहुन्छ ।  

नवनियुक्त सञ्चालक सदस्य सञ्जेललाई सञ्चालक समिति बैठकका अध्यक्ष रमेश कुमार के.सी.ले सपथ ग्रहण गराउनु  भएको थियो । उक्त अवसरमा कृषि विकास बैङ्क लि.का सञ्चालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरागाईँ, कृषि विकास बैङ्क लि.का प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय, बैङ्कका कम्पनी सचिव हिमलाल पौडेलसमेत को उपस्थिति रहेको  थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button