मेरुदण्ड भाँचिएकी थारुको लागि उपचार खर्च जुट्दै

तनहुँ । सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएपछि आर्थिक अभावमा उपचार नपाएकी २७ वर्षीय सुनिता थारुले सहयोग पाउनुभएको छ । रोजगारीका लागी कतार पुगेका नेपालीहरुद्धारा सङ्कलन गरिएको एक लाख रुपैयाँ शुक्रवार बिहान थारुको उपचारका लागी हस्तान्तरण गरिएको छ । कतारमा रहेर आर्थिक सङ्कलन गरेका करिब बक्स मियाँले थारुको अवस्था निरीक्षण पश्चात् उपचारका लागी दुई लाख रुपैयाँ नेपाल पठाउनुभएको थियो । उहाँले नेपालका विभिन्न स्थानमा आर्थिक अभावबाट समस्या खेप्नेहरूका लागी विभिन्न समयमा सहयोग रकम जुटाएर पठाउँदै आउनुभएको छ ।
शुक्रवार सुनिताका श्रीमान् भागिरामलाई उपचारका लागी सहयोग अभियान सञ्चालन गरेका लोक गायक शङ्कर पन्तमार्फत उक्त रकम हस्तान्तरण गरिएको हो । थारुको उपचार गर्न शनिबार एम्बुलेन्स सहित काठमाडौँ स्थित ट्रमा सेन्टर पठाउने तयारी भइरहेको अभियन्ता पन्तले जनाउनुभयो । उहाँले प्राप्त रकम चरणबद्ध रुपमा उपलब्ध गराउने जानकारी दिँदै अर्थ सङ्कलनका लागि सर्वपक्षीय समिति निर्माण गरिने बताउनुभयो ।
शुक्ला गण्डकी नगरपालिकामा केही दिन भित्र नै अगुवा युवाहरूको सहभागिता रहने गरी थारु सहित आर्थिक विपन्नताका कारण समस्या भएकाहरुको सहयोगार्थ अभियान चल्ने छ ।
बर्दियाको न्याउलापुर घर भई शुक्ल गण्डकी नगरपालिकामा अस्थायी बसोबास गर्ने थारुको एक बर्ष अघि उपचारका लागी विभिन्न अस्पताल पु¥याइएको भएपनि आर्थिक अभावका कारण घरमा फिर्ता ल्याउनुपरेको थियो । एक छोरीकी आमा समेत रहेकी सुनिताका श्रीमान् भागिराम दैनिक ज्याला मजदुरी गरेर परिवारको गर्जो टार्दै आउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्