तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा मात्रै कृषि क्षेत्रमा करिब डेढदेखि दुई अर्बसम्मको आर्थिक नोक्सानी

कञ्चनपुर । असोज ३१ गते साँझदेखि कार्तिक ३ गते बिहानसम्म परेको अविरल वर्षाका कारण बाढी, डुबान, कटान र पटानले कृषि क्षेत्रमा ठुलो नोक्सानी भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । 

विपद्का कारण कृषि क्षेत्रमा पर्न गएको क्षतिको विवरण सङ्कलन गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले जिल्लाका सबै स्थानीय तहलाई परिपत्र समेत गरिसकेको छ । 

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर बिष्टका अनुसार, उक्त विपद्बाट कञ्चनपुर जिल्लाभर धान बालीमा २५ देखि ३० प्रतिशत, केरा खेतीमा १० प्रतिशत र आलु, तोरी तथा अन्य तरकारी बालीमा पाँच÷पाँच प्रतिशत जति क्षति भएको अनुमान गरिएको छ । 

उक्त क्षतिलाई बजार मूल्यमा रूपान्तरण गर्दा करिब डेढदेखि दुई अर्ब सम्मको आर्थिक नोक्सानी भएको आङ्कलन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button