तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एक जना हप्ता दिनदेखि बेपत्ता

अछाम । अछाममा एक जना व्यक्ति एक हप्तादेखि बेपत्ता भएका छन् ।

नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सदस्य समेत रहनुभएका करिब ३६ वर्षका रेशम राज तिमिल्सैना बेपत्ता भएका छन् । 

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुईका घर भएका तिमिल्सैना ७ दिनदेखि बेपत्ता रहेका उहाँका दाजु वेदप्रकाश तिमिल्सैनाले बताउनुभयो ।

कार्तिक ३ गते मङ्गलसेनबाट गैरिटाड  जानुभएका उहाँ त्यही ठाउँमा दुई दिनसम्म बसेका बुझिएको छ । उहाँ चढ्ने मोटरसाइकल गैरिटाँडमा रहेको र उहाँ भने ७ दिनदेखि सम्पर्क विहीन भएका पारिवारिक श्रोतले बताएको छ ।

तिमिल्सैनाको परिवारले खोजिदिन प्रहरीसँग आग्रह गरेको छ। उहाँकी श्रीमती ललिता देवकोटा तिमिल्सैनाले गैरिटार प्रहरी चौकीमा खोजिदिन निवेदन दिनुभएको छ । प्रहरीले उहाँको खोजी कार्य जारी राखेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button