तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लामा अलपत्र विदेशी पर्यटकको उद्धार 

सुर्खेत । हुम्लाको लिमिमा हिमपातले तीन दिनदेखि अलपत्र परेका विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ । हिमपातले लिमिको तुम्लिखमा अलपत्र परेका स्लोभिनियाका ३ जना पुरुष र १ जना महिलासँगै ३ जना नेपाली टेकिङ गाइडको हेलिकप्टरबाट आज उद्धार गरिएको हो । 

हिमपातले अलपत्र परेका विदेशसँगै नेपाली टेकिङ गाइडलाई उद्धार गरी हुम्ला सदरमुकाम सिमिकोट ल्याइएको छ । उनीहरूलाई सिमिकोटबाट काठमाडौँ लगिने छ । सदरमुकाम सिमिकोटदेखि १२ दिन अघि उनीहरू लिमितर्फ हिँडेको टेकिङ गाइड अशिम तामाङले जानकारी दिनु भयो । 

उहाँले आकस्मिक आएको हिमतालले ३ दिनदेखि लिमिको तुम्लिकमा अलपत्र परेको बताउनु भयो । आज मौसममा केही सुधार आएपछि लिमिको हल्जीबाट टेलिफोन गरी हेलिकप्टर बोलाएर आफूहरूको उद्धार गर्न लगाइएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button