तपाईँ सुन्दै हुनुहुन्छः

२२ जना जुवाडे पक्राउ

डडेलधुरा । डडेलधुरामा जुवा खेलिरहेको अवस्थामा गएराती २२ जना जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  

बुधवार राति जिल्लाको अमरगढी नगरपालिका वडा नं. ५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा जुवाडेहरू पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । 

ओझाको घरमा जुवातास खेलिरहेको सूचना पाएपछि जिल्ला पहरी कार्यालय डडेलधुराबाट गएको प्रहरी टोलीले छापा मारेर चार जोडी तासको गडडी र  ९३ हजार ९ सय ६० रुपैयाँ नगद बरामद गरिएको पहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभएको छ ।  

पक्राउ गरिएका सबै जुवाडेहरूलाई जिल्ला प्रहरी कार्यालय डडेलधुरामा राखिएको छ भने पक्राउ परेका जुवाडेहरूको नाम भने प्रहरीले सार्वजनिक गर्न मानिरहेको छैन । पूर्णिमाको अवसर पारेर जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरू मध्ये स्थानीय जनप्रतिनिधि देखि राजनीतिकर्मी र कर्मचारीहरू संलग्न रहेको अनुमान गरिएको छ ।  

पक्राउ परेका जुवाडेहरूको नाम किन सार्वजनिक हुन नसकेको भन्ने जिज्ञासामा प्रहरी अधिकारीले थप अनुसन्धान भइरहेकाले छिट्टै सार्वजनिक गरिने बताइएको छ । 

पक्राउ परेका जुवाडेहरूलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button