तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा माओवादीले पार्टीका ३३ वटा केन्द्रीय विभागलाई दियो पूर्णता

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पार्टीका ३३ वटा केन्द्रीय विभाग र एक प्रष्ठिानलाई पूर्णता दिँदै विभागका प्रमुखहरू तोकेको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाडामा विहिबार बसेको स्थायी कमिटीको बैठकले बढीमा ३५ सदस्य रहने गरी विभागहरू गठन गरेको हो ।

बैठकले विभिन्न प्रदेशबाट काठमाडौं उपत्यकामा रहेका सदस्यहरु रहने गरी डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समिति गठन गर्ने निर्णय गरेको पनि नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार, विपद व्यवस्थापन विभाग गठन गर्न बाँकी छ भने विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ र स्कूल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं रहनुभएको छ ।

May be an image of 4 people, people sitting and indoor

माओवादी केन्द्रले अर्थ तथा योजना विभागको प्रमुखमा वर्षमान पुन, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, विदेश मामिला विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाश विभागको प्रमुखमा कृष्णबहादुर महरालाई तोकेको छ ।

यस्तै, उद्योग मामिला विभाग प्रमुखमा वामदेव क्षेत्री, कोष तथा आर्थिक विभाग प्रमुखमा डोरप्रसाद उपाध्याय, कृषि तथा भूमिसुधार विभागको प्रमुखमा हरिबोल गजुरेल, उपभोक्ता हित संरक्षण विभागको प्रमुखमा माात्रिका यादव, खानेपानी विभाग प्रमुखमा विना मगर, जलस्रोत, सिंचाई तथा ऊर्जा विभाग प्रमुखमा लिलामणी पोखरेल र निर्वाचन विभाग प्रमुखमा खिमलाल देवकोटालाई तोकेको छ ।

यसैगरी, कानून, न्याय तथा संसदीय मामिला विभाग प्रमुखमा मुक्ति प्रधान, पर्यटन, प्रवर्दन तथा नागरिक उड्डयन विभाग प्रमुखमा झक्कुप्रसाद सुवेदी, प्रादेशिक मामिला विभागमा प्रमुखमा पर्शुराम तामाङ, पार्टी स्कूल विभाग प्रमुखमा गिरिराजमणी पोखरेल र पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा नारायणप्रसाद शर्मालाई तोकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखमा हरि अधिकारी, युवा तथा खेलकुद विभाग प्रमुखमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभाग प्रमुखमा कृष्णबहादुर महरा, वन तथा वातावरण विभाग प्रमुखमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा गणेश साह र शिक्षा तथा मानवस्रोत विभाग प्रमुखमा मायाप्रसाद शर्मा रहनु भएको छ ।

श्रम तथा रोजगार विभाग प्रमुखमा रामेश्वर राय यादव, संघीय संसदीय विभाग प्रमुखमा देवप्रसाद गुरुङ, समाज कल्याण विभाग प्रमुखमा सत्या पहाडी, सहकारी तथा गरिवी विभाग प्रमुखमा धर्मदत्त देवकोटा, शहरी विकास विभाग प्रमुखमा देवेन्द्र पौडेल रहनु भएको छ ।

May be an image of 2 people, people sitting and indoor

यस्तै, सामान्य प्रशासन विभाग प्रमुखमा टेकबहादुर बस्नेत, साहित्य तथा कला विभाग प्रमुखमा गोपाल ठाकुर, स्थानीय तह विभाग प्रमुखमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा कल्पना धमला रहनु भएको छ ।

नीति अध्ययन प्रतिष्ठान प्रमुखमा रामचन्द्र झा रहनुभएको छ भने र विपद व्यवस्थापन विभागको प्रमुखमा सूर्य सुवेदीलाई तोकेको भएपनि पूर्णता दिन भने बाँकी रहेको प्रवक्ता महराले जानकारी दिनुभयो ।

प्रवक्ता महराले देशभर माओवादीको सदस्य संख्या ५ देखि ६ लाख पुर्याउने लक्ष्य लिएर सोही अनुसार काम भइरहेको र सदस्यता नवीकरणको समय थपेर हालसम्म करिब ५० प्रतिशत सदस्यता नवीकरण भएको जानकारी समेत सञ्चारकर्मीलाई दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button