‘समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गरिन्छ’
सप्तरी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफूले पाएको कार्यभारलाई इमानदारितापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जनता समाजवादी पार्टी नेपाल, बोदे बर्साईन नगर समिति तथा नगर व्यापार सङ्घ बोदे बर्साईनद्वारा सप्तरीमा आयोजित कार्यक्रममा मन्त्री यादवले जिल्लाको विकास द्रुत गतिमा अगाडी बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आइपुग्नुभएकी यादवले सप्तरीका अधुरो सडकहरूलाई एक महिनाभित्र पूर्णता दिने बताउनुभयो ।
मन्त्री यादवले कामको जिम्मेवारी लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने बताउनुभयो । सडक निर्माण नगरी अधुरो राख्ने निर्माण कम्पनी तथा ठेकेदारलाई कालोसूचीमा राखिने पनि उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री यादवले जनताहरूको ठूलो बलिदानबाट प्राप्त अधिकारको संरक्षण तथा बाँकी अधिकार सुनिश्चितताका लागि अझै सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्