तपाईँ सुन्दै हुनुहुन्छः

कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

बारा । बाराको  निजगढ कोहल्बी सडक खण्डमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परि कोहल्बी नगरपालिका वडा नं.२ बस्ने ३८ वर्षीय पेमा दोर्जे घिसिङ र ४० वर्षीय डेनी स्याङतानको घटना स्थल मै मृत्यु भएको थियो । 

तामागढीबाट कोहल्बी तर्फ गइरहेको बा.११.च.४५११ नम्बरको कारले कोहल्बीबाट निजगढ तर्फ आइरहेको ना.५९.प.१२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दुर्घटनामा परि कारमा सवार तीन जना घाइते भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button