नवप्रवर्धनीय व्यवसायको प्रवर्द्धन गर्न सरल र छरितो कार्यविधि बनाउनुपर्नेमा जोड

काठमाडौँ । नवप्रवर्धनीय व्यवसायको प्रवर्द्धन गर्न सरल र छरितो कार्यविधि बनाउनु पर्नेमा काठमाडौँमा आयोजित एक छलफलका वक्ताहरूले जोड दिनुभएको छ ।
स्टार्ट–अप कर्जा कार्यविधि निर्माणको सम्बन्धमा शुक्रवार अर्थ मन्त्रालयमा भएको छलफलमा सहभागीहरूले बोझिलो कार्यविधिले स्टार्ट–अप अर्थात् नवप्रवर्तनीय व्यवसायको प्रवर्द्धन गर्न अप्ठ्यारो हुने बताउनुभयो ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले दुर्गम बस्तीका युवाहरूले समेत सजिलै स्टार्ट–अप व्यवसायको कर्जा पाउन सक्ने गरी कार्यविधि बनाउन निर्देशन दिनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले स्टार्ट–अप व्यवसाय नेपालको लागि नौलो कार्यक्रम भएकोले यसको सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत ध्यान दिएर सरल कार्यविधि बनाउनुपर्ने बताउनुभयो ।
नेपालमा आ.व. २०७६/७७ देखि स्टार्ट–अप व्यवसाय सञ्चालनको लागि अनुदान उपलब्ध गराउने गरी सरकारले कार्यक्रम ल्याएको थियो । सो बमोजिम राष्ट्रिय योजना आयोगले अनुदान सम्बन्धी कार्यविधि बनाएर आवेदन समेत सङ्कलन गरेको थियो । त्यसमा ६९९ जनाले निवेदन दिएको थिए ।
वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि एक अर्ब बजेट विनियोजन गरेपछि स्टार्ट–अप व्यवसाय कर्जा प्रवाह कार्यक्रम कार्यान्वयनमा आउन लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्