तपाईँ सुन्दै हुनुहुन्छः

‘हुलाक सेवाको समयानुसार विविधीकरण गरिने’

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले हुलाक सेवालाई समयानुसार विविधीकरण गरिने बताउनुभएको छ । 

हुलाक सेवा विभागद्वारा १४७औँ विश्व हुलाक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नयाँ प्रविधिसँग सेवालाई जोड्नुपर्ने बताउनुभयो । 

सरकारी डकुमेन्ट हुलाकबाट गर्नुपर्ने बताउँदै उहाँले त्यसले सरकारी कागजात सुरक्षित भई आय वृद्धिसमेत हुने विश्वास व्यक्त

गर्नुभयो । 

सोही मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंहले उक्त विभागलाई थप प्रतिस्पर्धी बनाएर सेवा तथा व्यवसाय विस्तार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

हुलाक प्रशिक्षण केन्द्रका प्रमुख सविता कार्की, केन्द्रीय धनादेश कार्यालयका प्रमुख रामेश्वर पोखरेल, फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका व्यवस्थापक नोखबहादुर बस्याललगायतले पछिल्लो पटक सञ्चार क्षेत्रमा भएको विकासले विभागको सेवा ओझेलमा परेकामा चिन्ता व्यक्त गर्दै यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

विभागका महानिर्देशक इन्दु घिमिरेले आधारभूत सेवाअन्तर्गत चिठी, पत्र, पार्सल सेवा देश विदेशमा उपलब्ध गराइएकामा विसं २०५४ देखि एक्सप्रेस मेल सर्भिस सुरु गरी ३९ देशमा विस्तार गरेको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button