कास्कीमा फिल्म समीक्षाबारे कार्यशाला

कास्की । कास्कीमा दुई दिने फिल्म समीक्षा कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार सङ्घ, कास्की शाखाले पत्रकारहरूले फिल्म कसरी कसरी समीक्षा गर्ने भन्ने विषयमा कार्यशाला राखेको हो । फिल्म पत्रकारिता गरिरहेका पत्रकारहरूका लागि आयोजित कार्यशाला बुधवार सकिएको हो । पर्यटकीय नगरी पोखरामा फिल्महरू छाँयान्कन हुने गरेका छन् ।
पत्रकारहरूको फिल्म समीक्षा लेखनमा वृद्धि विकास गराउनु कार्यशालाको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रममा फिल्म नेपाली फिल्मका लेखक राजेश गोंगजु, नेपाली फिल्मका समीक्षक दीपेन्द्र लामा र कला पत्रकार सामीप्यराज तिमल्सेनाले स्रोत व्यक्तिका रुपमा रहनु भएको थियो । फिल्म हेर्ने, बुझ्ने र समीक्षा लेख्ने कसरी ? भन्ने बारे स्रोत व्यक्तिहरूले आफूहरूको अनुभव आदानप्रदान गर्नु भएको थियो ।
कार्यशालामा प्रशिक्षक गोंगजुले हलिउड, बलिउड र कलिउड फिल्म बारे समीक्षाको विषयमा सहजीकरण गर्नु भएको थियो । फिल्म व्यवसाय नभई कलाको रुपमा बुझ्न प्रशिक्षक गोंगजुले आग्रह समेत गर्नु भयो । फिल्म समीक्षाका लागि हरेक खाले फिल्मको अध्ययन, अनुसन्धान र विस्तृत रुपमा हेर्नुमा पर्नेमा जोड दिनु भएको थियो । कार्यशालामा कोरियन फिल्म ‘बर्निङ’को प्रदर्शन सहित समीक्षा गरिएको चलचित्र पत्रकार सङ्घ कास्की शाखाका अध्यक्ष अरुण गिरीले जानकारी दिनु भयो ।

‘के हो फिल्म पत्रकारिता र को हो फिल्म पत्रकार’ बारे प्रशिक्षक सामीप्यराज तिमील्सेनाले नेपाली फिल्मको इतिहास र वर्तमान बारे चर्चा गर्दै सहजीकरण गर्नु भएको थियो ।
यस्तै प्रशिक्षक दीपेन्द्र लामाले समीक्षा लेखनको आधारभूत तत्त्व बारे प्रकाश पार्नु भयो । समीक्षा लेखन आफैमा जटिल कार्य भएकाले सत्य र तथ्य जानकारी पाठक र दर्शकलाई दिनु समीक्षकको धर्म रहेको बताउनुभयो ।
असोज २० र २१ गते सम्म चलेको कार्यशालामा ४० जना चलचित्र पत्रकारहरूको सहभागिता रहेका थियो ।








प्रतिक्रिया राख्नुहोस्