तपाईँ सुन्दै हुनुहुन्छः

पुनः निमार्णको कार्य प्रगति विवरण प्रत्येक ३ महिनामा समितिमा पठाउन सरकारलाई निर्देशन

काठमाडौँ । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले पुनः निमार्ण गर्न बाँकी रहेका संरचनाको कार्य प्रगति विवरण प्रत्येक ३ महिनामा समितिमा पठाउन  सरकारलाई निर्देशन दिएको छ ।

“पुनः निमार्ण कार्यको हस्तान्तरण, निमार्ण सम्पन्न हुन बाँकी कार्यको सुनिश्चितता र आगामी कार्ययोजना” सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय पुनः निमार्ण प्राधिकरणको समयावधि सकिनै लाग्दा विभिन्न मन्त्रालयलाई बाँकी काम हस्तान्तरण गरिएको सम्बन्धमा, हस्तान्तरण भएका र हुन बाँकी भूकम्पबाट क्षति ग्रस्त  संरचनाको दिगो संरक्षण, उपयोग र त्यसको समुचित व्यवस्थापन सम्बन्धी स्पष्ट कार्य योजना बनाई प्रत्येक ३ महिनामा  कार्य प्रगति विवरण समितिमा पठाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button