राष्ट्रिय सभामा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०७८ पेश

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा “महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८” पेश भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दलको विरोधकावीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, २०७८” पेश गर्नु भएको हो ।
बैठकले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७, “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७, “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७, “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन मन्त्री कार्कीले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन गर्नु भएको प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रमाणीकरण र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनु भएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक असोज २४ गते आइतबार दिउसो २ बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्