कैलालीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
आज सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ९० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५६ जनाको पिसिआर परीक्षण गरिएको १० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा १२ जना सङ्क्रमितको उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्