पोखरामा राजश्व तिरेको १० मिनेटमै सवारी चालक अनुमति पत्र

कास्की । पोखरामा राजश्व तिरेको १० मिनेटमै सवारी चालक अनुमति पत्र पाइने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पोखराले परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण सुरु गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरी गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शुभारम्भ गर्नु भएको हो ।
मन्त्री खड्काले भन्नुभयो “यो वर्ष कागजमा भएका प्रमाणहरूलाई डाटामा इन्ट्री गर्ने काम सकिने छ । कार्यालय पेपर लेस हुने छ । यातायात कार्यालयका कर्मचारीहरूलाई निर्देशन दिँदै खड्काले भन्नु भयो “अब सेवा ग्राही घण्टौँ लाइनमा बस्नु नपरोस् ।” प्रदेश मा अहिले करिब ८७ हजार आवेदकहरूको नयाँ लाइसेन्सको पर्खाइमा रहेको भन्दै मन्त्री खड्काले सार्वजनिक सवारीहरूमा जि.पि.एस जडान गरी कुन सवारी हो भन्ने रङ्ग लगाउन आवश्यक रहको बताउनु भयो । ”
भौतिक पूर्वाधार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले भन्नुभयो “आज भोलि नागरिकहरूलाई लाइसेन्स लिन निकै समस्या भइरहेको छ । अब ट्रायल विधि पनि नयाँ र सिस्टम समेत नयाँ बनाउने तर्फ प्रदेश सरकारले काम गर्न लागिरहेको बताउनु भयो । ”
कार्यक्रममा गण्डकी ट्राफिक प्रहरी प्रमुख ठग बहादुर के.सीले अब नागरिक र प्रहरीलाई यो परीक्षणकालीन लाइसेन्सले सजिलो हुने र दुरुपयोग हुने सम्भावना कम रहेको बताउनु भयो ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पोखराका प्रमुख भरत राज काफ्लेका अनुसार अव सेवाग्राहीलाई कुनै झन्झट नहुने गरी काम गर्ने गरी कार्यालय अगाडि बढेको बताउनु भयो ।
परीक्षणकालीन लाइसेन्स पाउने पहिलो सेवाग्राही दर्पन थारुले लाइसेन्स पाए पछि भन्नु भयो “आफूले लामो समय सम्म लाइसेन्स नपाउँदा घरमा भएको मोटरसाइकल समेत चलाउन पाएको थिइन मजदुर काम गर्ने थारुले दैनिक १० किलोमिटर हिँडेर काम गर्ने बाध्यता अव हटेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्