तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा भिडभाड, मेला र महोत्सव गर्न रोक (आदेशसहित)

काठमाडौँ । काठमाडौँ जिल्लामा आज राति १२ः०० बजेदेखि लागुहुने गरि भिडभाड, मेला र महोत्सव गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक आदेश जारी गर्दै मानिसहरू जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने गरी रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा अर्को आदेश नभए सम्मका लागि जारी आदेशमा कोभिड–१९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरू पनि साङ्केतिक रुपमा मात्रै मनाउन आग्रह गरिएको छ । 

चाडपर्वको समयमा बढी भिडभाड एवं यात्रा गर्दा हुनसक्ने चोरी, ठगी र लुटपाटजन्य गतिविधिबाट सचेत रहन, यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न तथा सवारी साधनको छतमा यात्रा नगर्न पनि आदेशमा भनिएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button