पोखरीमा डुबेर बालकको मृत्यु
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोडेस्थित कमलपोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीका अनुसार खोटाङको जन्तेढुंगा गाउँपालिका घर भई हाल बोडे बस्दै आएका रमेश खड्काका ६ वर्षीय छोरा रोशनको पोखरीमा डुबेर मृत्यु भएको हो ।
स्थानीयले पोखरीमा डुबेको देखेपछि बालकको उद्धार गरेका थिए ।
घटनाबारे जानकारी पाए लगत्तै खटेको प्रहरीले बालकलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर पुर्याएको थियो ।
उपचारको क्रममा रोशनको मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्