विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन एमाले अध्यक्ष ओली गोदावरीमा

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित सनराइज हलको आज निरीक्षण गर्नुभएको छ ।
यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन उहाँ गोदावरी पुग्नुभएको हो ।
अध्यक्ष ओलीसँगै पार्टीका महासचिव ईश्वर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सुशीला नेपाल, पार्टीको ललितपुर अध्यक्ष हरिकृष्ण व्यञ्जनकार लगायत गोदावरी पुग्नुभएको थियो ।
उहाँले व्यवस्थापन समितिलाई यहाँ आउने प्रतिनिधिलाई सजिलो हुने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको केन्द्रीय सदस्य नेपालले बताउनुभयो । सो अवसरमा अध्यक्ष ओलीले सबै किसिमका तयारी समयमा नै सकाउन निर्देशन दिनुभएको थियो ।
विधान महाधिवेशनका लागि मञ्चको सजावटको केही काम मात्रै बाँकी रहेको नेपालले जानकारी दिनुभयो ।
प्रतिनिधिको बसाइँको व्यवस्थापन सम्बन्धित प्रदेश कमिटीले गर्ने भएका छन् । प्रदेश कमिटीले सम्पर्क मञ्चसँगको समन्वयमा प्रतिनिधिको व्यवस्थापन गर्ने भएका छन् । रासस








प्रतिक्रिया राख्नुहोस्