तपाईँ सुन्दै हुनुहुन्छः

आज १ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि

File photo

काठमाडौँ । आज देशभर १ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१५ हजार ४ सय ८८ नमुनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा १ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमणबाट आज १ हजार २ सय ६२ जना निको भएका छन् । हालसम्म ७ लाख ६२ हजार ४ सय १६ संक्रमित निको भइसकेका छन् । 

सङ्क्रमणका कारण आज थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा  कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार १ सय ३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button