तपाईँ सुन्दै हुनुहुन्छः

६० लाखभन्दा बढीको सामानसहित ट्रक नियन्त्रणमा

बीरगंज  । अवैध रुपमा राजस्व छली भारतबाट ल्याइएको झण्डै ६० लाख मूल्यभन्दा बढीको मेडिकल तथा खुद्रा समान बोकेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । 

वीरगंज महानगरपालिका वडा नम्बर ८ लालबंगलास्थित मेनरोडबाट ना २ ख ९७३७ नम्बरको मालवाहक ट्रकमा मेडिकल तथा खुद्रा सामानहरू राजस्व छली गरी बीरगंजबाट जनकपुरतर्फ लैजाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा सो ट्रकमा लोड गरिएको माल बस्तुको विलविजक नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो । 

प्रहरीले ट्रकका चालक वीरगंज महानगरपालिका वडा नम्बर १४ निवासी ४२ वर्षीय प्रमानन्द प्रसाद कुर्मीलाई समेत नियन्त्रणमा लिइएको थप कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button