तपाईँ सुन्दै हुनुहुन्छः

दलित सामाजिक विकास केन्द्रको अध्यक्षमा सञ्जयकुमार कोरी निर्वाचित

कपिलवस्तु  । कपिलवस्तुको डङ्गरीमा मुख्य कार्यालय रहेको दलित  सामाजिक विकास केन्द्र (डीएसडीसी) को नयाँ अध्यक्षमा सञ्जयकुमार कोरी निर्वाचित हुनुभएको छ ।

दलित सामाजिक विकास केन्द्रको १७औँ साधारणसभाले कोरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।

दलित सामाजिक विकास केन्द्रका फिल्ड संयोजक रमेश कुर्मीका अनुसार नवनिर्वाचित समितिको उपाध्यक्षमा सुरजमति पासी, सचिवमा विश्राम कोरी,  सह सचिवमा राजेन्द्र पासी,  कोषाध्यक्षमा निलाम पासी, सदस्यहरूमा कुसुम कोरी, प्रसुराम चमार, अनिता श्रीमाल र रिखिराम हरिजन रहनुभएको छ ।

बिशेषगरी यू एम एनको सहयोगमा दलित सामाजिक विकास केन्द्रले जिल्लाका यशोधरा गाउँपालिकालगायत विभिन्न क्षेत्रमा सञ्चालन गरिरहेका कार्यक्रमहरू आर्थिक तथा सामाजिक रुपान्तारणको लागि निकै महत्त्वपूर्ण साबित भएका छन् ।

केन्द्रले गरिब, विपन्न, दलित तथा समाजमा पछाडि परेकाहरूको उत्थानका लागि यशोधरा गाउँपालिकाको वडा नम्बर १,२ र ३ मा विशेष कार्यक्रमहरू प्राथमिकताका साथ स्थानीय तहको समन्वयमा वर्षौँदेखि सञ्चालन गर्दै आएको र कार्यक्रमबाट सरोकारवालाहरूले प्रत्यक्ष लाभ पाइरहेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button