तपाईँ सुन्दै हुनुहुन्छः

चौध महिनापछि एमाले फेरि सत्तामा हुन्छः एमाले अध्यक्ष ओली

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौध महिनापछि आफ्नो पार्टी फेरि सत्तामा हुने दाबी गर्नुभएको छ ।


नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने बताउनुभयो । 
अध्यक्ष ओलीले आफू सरकारमा छँदा असाधारण प्रगति भएको बताउँदै आफ्नो नेतृत्वको सरकारले व्यापार घाटा कम गरेको र निर्यात वृद्धि गरेको सुनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button