तपाईँ सुन्दै हुनुहुन्छः

लागू औषध सहित ३ जना पक्राउ

सुनसरी । सुनसरीको कोसी गाउँपालिका ८ कोसी कटानबाट प्रहरीले लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा सप्तरी हनुमान नगर कंकालनी ७ का २१ वर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पञ्चायत सम्दाहा गडी १२ का २२ वर्षीय अवधेष कुमार मण्डल र  २५ वर्षीय रोशन मण्डल रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागू औषध डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतीय नगद रु. २० हजार सहित पक्राउ गरिएको छ । 


पक्राउ परेका तिनै जना उपर लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button