तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ६ मालबासे स्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सङ्खुवासभाबाट धरान तर्फ जाँदै गरेको को १ ख ४८८९ नं को बसमा सोही दिशाबाट जाँदै गरेको को १९ प ९४२८ नं को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा आइतबार साँझ ठक्कर खाइ दुर्घटना हुँदा मोटर साइकलको पछाडि सवार धनकुटाको शहिदभुमी गाउँपालिका ४ बस्ने बर्ष ३६ को गणेशमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

दुर्घटनाको क्रममा गम्भीर घाइते भएका उहाँको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । दुर्घटनामा परि खुट्टामा चोट लागेर मोटर साइकल चालक इलाम चुलाचुली गाउँपालिका ६ का ३३ वर्षका रत्न कुमार राई घाइते हुनुभएको छ । उहाँलाई पनि उपचारको लागि घोपा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस र बस चालक इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button