लमजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बेसीशहर नगरपालिका ८ भिमसेनस्थानमा आइतबार मध्यरातको ११ः५० बजे ग २१ ब १७५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बेसीशहर ८ का २० वर्षीय राजेश परियारको मृत्यु भएको हो ।
भिमसेनस्थान स्थित भिमसेन मन्दिरमा ठोक्किँदा मोटरसाइकलको पछाडि बसेका युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । प्रहरीका अनुसार दुर्घटनामा परी दुधपोखरी घर भई हाल बेसीशहर नगरपालिका ८ बस्ने २१ वर्षीय मोटरसाइकल चालक मनोज मराहठ्ठा सामान्य घाइते भएका छन् ।
घाइते मोटरसाइकल चालकको जिल्ला अस्पताल लमजुङमै उपचार भइरहेको छ भने मृतकको अनुहार, छाती, पेट र कोखामा गहिरो चोटहरू रहेको बताइएको छ । तीव्र गतिमा कारण अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्