तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत ठाकुर बाबा नगरपालिका वडा नम्बर ८ बर्दियाकी ४६ बर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३० र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button