तपाईँ सुन्दै हुनुहुन्छः

बिपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा वृक्षारोपण

बारा । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्म जयन्ती बाराको पिलुवामा मनाइएको छ ।

जन्म जयन्तीकै अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा आज सरसफाइ एवं वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । नेपाली काँग्रेसको वडा कमिटीले आयोजना गरेको कार्यक्रमको नगर सभापति श्यामबाबु गुप्ताले वृक्षारोपण गरेर उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर सभापति गुप्ताले बिपीको सिद्धान्त अनुसार सबै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले समाज परिवर्तन गर्न अब युवा पुस्ता अघि बढ्नुपर्ने बताउनुभयो । वडा कमिटी अध्यक्ष इमानसिङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केदार बजगाईँ, एमालेका वडा कमिटी अध्यक्ष हरिदेव खरेल, एमाले नेता रमेश सापकोटा, समाजसेवी राधेश्याम सिवाकोटी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा पेमा नामपर नाम्चे गुम्बा परिसरमा १५० वटा वृक्ष रोपिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button