कैलालीमा ६५ जनप्रतिनिधिद्वारा नेकपा (एकिकृत समाजवादी)को पक्षमा सनाखत
धनगढी । कैलालीमा स्थानीय तहका ६५ जना जनप्रतिनिधिले नवगठित नेकपा (एकिकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार सनाखत गर्ने अन्तिम दिन मङ्गलवारसम्म स्थानीय तहका ६५ जना जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।
कैलालीमा नेकपा एमाले परित्याग गरी नेकपा एसको पक्षमा सनाखत गर्नेहरूमा जिल्ला समन्वय समितिका उपप्रमुख, ३ जना उपमेयर र १२ जना वडा अध्यक्ष रहेका छन् । सनाखत गर्ने अन्यमा जिसस सदस्य, कार्यपालिका सदस्य र वडा सदस्य रहेका छन् ।
नेकपा एस रोजेका ती सब जनप्रतिनिधि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्