तास खेलिरहेका ९ जना २ लाख ३८ हजारसहित पक्राउ
तनहुँ । तनहुँको व्यास नगरपालिका ४ जलदेवी टोलबाट तास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।
सोमबार साँझ ६ बजेको समयमा मीन बहादुर गुरुङको घरमा ठुलो धनराशिमा हार जितको बाजी राखी जुवा तास खेलिरहेको गोप्य सूचना पश्चात् प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाको कमान्डमा गएको टोलीले ९ जना जुवाडेहरू पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घर खानतलासी गर्दा तास खेलिरहेका घरधनी मीन बहादुर गुरुङ, पोट बहादुर सारू, विमल दरै, प्रदीप पौडेल, जीवन गुरुङ, सुरज थापा, दीपक तामाङ, सोम बहादुर मगर र कृष्णचन्द्र न्यौपानेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
तासको खालबाट नगद रु २ लाख ३८ हजार ४०, भारतीय नगद रु १ हजार १० र तासका पत्तीहरू २०८ थानसहित बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्