तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख

file photo

काठमाडौँ । बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भए देखिको सङ्ख्या मङ्गलवार ७० लाख पुगेको हो । 

बेलायतमा हिजोमात्र एकै दिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका थिए । यहाँ केही दिनयता भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ ।

यसैगरी यहाँ गएको २४ घण्टामा ४१ हजार नयाँ सङ्क्रमित थपिएको पनि पाइएको जनाइएको छ । यहाँ हालैका दिनहरूमा कोरोनाकै कारण निधन हुने व्यक्तिको सङ्ख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । 

यहाँ यो भाइरसबाट एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button